
नारी बाटिका
काठमाडौं ३ कार्तिक ।
पुर्व गृह्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सक्रबार लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलिले रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।
सभापती लामिछानेले पक्राउ पर्नुअघि उनलाई आफु पक्राउ पर्दैछु भन्नेमा लगभग पक्कामक्की जस्तै थियो । सो उनले आफ्नो रास्वपा कार्यालय अगाडी रास्वपाका उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका थिए ।
राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका छन् । उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए ।
लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलिले पछ्याई सकेको थियो भने सोही समयमा छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
प्रहरीले लामिछानेलाई सुक्रबार नै सडकको बाटो हुँदै पोखरा लैजाने बताएको थियो ।








प्रतिक्रिया दिनुहोस