आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

जग्गा सम्वन्धि विवादले झापामा एकजनाको ज्यान गयो

२०८१ कार्तिक ७, बुधबार मा प्रकाशित ( १ साल अघि) १६३७९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ७ कार्तिक ।

झापाको दमकीस्थतमा जग्गा सम्वन्धि विवाद हुदा मंगलबार एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार साँझ दमक नगरपालिका(३ मा जग्गाको निहुँमा दुई पक्षबीच झगडा भएको हो। बिवादका क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका निरौलालाई उपचारका लागि आम्दा अस्पताल दमकमा लगिएको थियो। उपचारकै क्रममा घार्यतेको मृत्यु भएको प्रहरीले बताएको छ।

दुई पक्षबीचमा बिवाद भएपछी ढुंगा हानेर फरार भएका व्यत्तिको प्रहरीले खोजी कार्य तीव्र बनाएको र केही शङ्कास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑