
नारी बाटिका
काठमाडौँ-१० कार्तिक ।
सत्तारुढ दलद्वारा सत्ता गठबन्धनपछी सरकारले तय गरेका कार्यक्रम र योजना प्रभावकारी रुपमा सम्पन्न गर्ने प्रतिबद्धतासहित सातबुँदे साझा धारणा सार्वजनिक गरेका छन्। आगामी दिनमा सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्दै सुक्रबार सातबुँदे लिखित साझा सहमती धारणा पत्र सार्वजनिक गरेका हुन्।
हिजो एक विज्ञप्ति जारी गर्दै शान्ति प्रकृयाको लामो समय बितिसक्दा पनि संक्रमणकालीन न्याय अधुरै रहनु दुःखद रहेको भन्दै दुवै आयोग गठन गर्ने प्रक्रिया प्रारम्भ भएकाले द्वन्द्वपीडितहरुले न्याय प्राप्त गर्ने सुनिश्चितता भएको उल्लेख गरिएको छ।
त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको आधारमा गठन भएको सरकारमा कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्तिसमेतका पार्टीहरुको समर्थन र सहभागिता रहेको छ। दलहरुले सय दिनमा सत्ता गठबन्धनबाट संन्चालित सरकारले गरेका कामको प्रशंसा गरेका छन्।
साथै सहमती पत्रमा बाँकी अवधिमा सरकारले सहकारीको रकम ठगीबारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन शुरु भएको उल्लेख गर्दै बैठकले अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रक्रियामा सबैको सहयोग आवश्यक रहेको जनाएको छ









प्रतिक्रिया दिनुहोस