आज: २०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

प्रचण्डको प्रश्न,सहकारी ठगीमा रवि मात्रै पक्राउ? किन समातिएनन् कांग्रेस/एमालेका नेता ?

२०८१ कार्तिक ११, आईतबार मा प्रकाशित ( १ साल अघि) ७९३२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ कार्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा रवी मात्रै पक्राउ ? अनि खै त दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा किन नल्याएकोमा भन्दै विरोध जनाएका छन् ।

शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विरोध जनाएका हुन् । संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेको छ । तर उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको उनको भनाइ छ ।

आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् भन्ने हो।’

उनले थपे,कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने खेलको रुपमा गलत ब्याख्या गरेका छन् । तर तेसो होईन । उनले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताएका छन्।

यस्तै पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग विचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस