आज:  | Mon, 11, Nov, 2024

हिरासतमा रहेका लामिछानेको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाइयो

१२ कार्तिक २०८१, सोमबार ०५:२७ मा प्रकाशित ( २ हफ्ता अघि) ५९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ कार्तिक ।

पोखरीको सूर्यदर्शन सहकारी तथा उनी संलग्न सहकारीहरुको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एव्ं रास्वापाका सभापती रवि लामिछानेको मोबाइलका सबै गतिविधी जाँच्नका लागी प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

पक्राउ परेसंगै जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि लामिछानेको मोबाइल परिक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको प्रहरीको सुचना स्रोतले जानकारी दिएको छ।

उनका मोवाईलबाट भएका सम्पुर्ण गतिविधीहरु जाँच गरिएपछि उनले मोबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । ‘यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्नसक्ने भएकाले अनुसन्धान कै प्रक्रिया अन्तरगत नै डीएफएलमा पठाएका हौं’, प्रहरीले जनाएको छ ।

कात्तिकमा २ मा काठमाडौंस्थित उनकै पार्टी कार्यलयबाट पक्राउ गरेर पोखरा लगेको थियो ।सूर्यदर्शन सहकारी प्रकरणमा १६ असोज २०८० मा पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस