आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा प्रदर्शन

२०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित ( १ साल अघि) ६६९९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ कार्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा जनप्रदर्शन गर्ने भएको छ। आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रधानमन्त्री निवास वालुवाटारमा रास्वपाले प्रदर्शन गरिरहेको हो।

अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडी रास्पवाले मध्यान्ह १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ।

यसैगरी केही दिनअघि पोखरा केन्द्रित प्रदर्शन गरेको थियो भने अहिले काठमाडौँकेन्द्रित आन्दोलन गर्ने भनेयता पनि आन्दोलनलाई भने रास्वपाले सशक्त रुपमा अगाडी बढाउन सकिरहेको छैन।

पोखारास्थित सुर्यदर्शन सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रूपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गर्न लागिएको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस