
नारी बाटिका

धादिङ १४ कार्तिक ।
धादिङको एक पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टरमा जिल्ला प्रशासन कार्यलय धादिङले छापा मारेको छ । विगत समयदेखी अवैधानिक रुपमा संन्चालन भैइरहेको धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारको पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टरमा जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा गरिएको अनुगमन टोलीले शोमबार छापा मारी वन्द गरेको हो ।
अनुगमनको क्रममा उक्त टिमले सल्यानटार पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर प्रा.लि. भित्र औषधि पसल, एक्स रे शाखामा र ल्याव सेवामा स्वास्थ्यकर्मी नराखी संन्चालन गरिएको पाईएको थियो ।
त्यस्तै सो पोलिक्लिनिकमा स्वास्थ्य व्यवसायको प्रमाणपत्र नलिइ तथा मापदण्ड बमोजिम स्वास्थ्य सेवा संचालन नभएको भेटिएकोले सो सेन्टरमा छापा मारी उक्त सेवाहरु बन्द गरिएको छ ।
साथै सोही क्रममा म्याद गुज्रेको औषधि तथा प्रतिवन्धित औषधि समेत बिक्री वितरण गर्दै आईरहेको भेटिएकाले सम्बन्धित चिकित्सकलाई स्वास्थ्य कानूनमा उल्लिखित मापदण्ड बमोजिम मात्र सेवा संचालन गर्न जानकारी समेत गराइएको थियो ।
यससंगै जिल्ला प्रशासन कार्यलय धादिङले बजार अनुगमन सम्बन्धी थप विवरणहरु पछि जानकारी गराइने समेत बताएको छ ।








प्रतिक्रिया दिनुहोस