आज:  | Tue, 03, Dec, 2024

म्हः पूजा र नेपाल सम्बत् ११४५ ले राष्ट्रिय सदभाव र एकता बढाउँछ : उप्रेती

१८ कार्तिक २०८१, आईतवार ०१:५२ मा प्रकाशित ( १ महिना अघि) १६३ पाठक संख्या
नारी बाटिका


कृष्ण मल्ल

काठमाडौं १८ कार्तिक ।

नेपाल सम्बत ११ सय ४५ र म्हः पूजाको अवसरमा बिभिन्न कार्यक्रम भएकाछन् । यही अवसरमा काठमाडौंस्थित पालिज्ञा स्वाँ नेवा पूचः ले सामुहिक म्हः पूजा कार्यक्रम गरेको छ ।

कंकेश्वरी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा म्ह अर्थात देह पूजाका लागि अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्किने आकर्षक मण्डप बनाइएको थियो । सोही मण्डपमा सामुहिक म्हः पूजा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी रहनु भएका राप्रपा सह कोषाध्यक्ष एवम समाजसेवी शोभित उप्रेतीले समाज निर्माणमा नेवार समुदायको योगदान, नेवारी कला संस्कृति, रहनशहन, भेषभुषा र परम्पराको चर्चा गर्दै यसमा पालिज्ञा स्वाँ नेवाः पूचले खेलेको भूमिकाको सरहना गरे ।

उनले राष्ट्रिय एकता र सद्भाव बढाउन म्हः पूजा र नेपाल सम्बतले महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । कार्यक्रममा संस्थाका अध्यक्ष एवम राप्रपा नेता नविन शाहीले म्ह पूजा र नेपाल सम्बतसँग नेवार समुदायको अन्योन्याश्रित सम्बन्ध रहेको विषयमा जानकारी गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस