
नारी बाटिका
काठमाडौं १८ कार्तिक ।
आज तिहारको अन्तिम दिन दिदीवहिली र दाजभाइबिचको माया, ममता तथाु अटल सम्वन्ध रहेको नेपालीको छुट्टै पहिचान बोकेको भाइटीका लगाईँदैछ । तिहारको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ ।
यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।साथै टिका लगाउँदा दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनु पर्ने समितिले जनाएको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिने गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको पनि समितिले जनाएको छ ।
तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाएर तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने नेपालीको या महत्वपुण पर्व हो ।टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्परा छ ।
परापूर्व कालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व बोकेको तिहार पर्वले पछिल्लो समयमा पनि आमा बाबुका आफ्ना सन्तान छोरा छेरीबिचको अटल माया,सहयोग,दुख सुखमा हेरचाह गर्ने र सम्मान प्रदान गर्ने मुख्य पर्व तिहारलाई लिइन्छ ।
साथै आज आफ्ना दिदीबहिनी नहुने दाजुभाइहरुले आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने चलन समेत रहेको छ ।







प्रतिक्रिया दिनुहोस