आज:  | Tue, 03, Dec, 2024

आज चट्याङसहित वर्षाको सम्भावना,उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

२५ कार्तिक २०८१, आईतवार ०९:३१ मा प्रकाशित ( ३ हफ्ता अघि) १०२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ कात्तिक।

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जस अनुसार आज देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको पनि सम्भावना बताएको छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । यस्तै पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै आगामी २४ घण्टामा मुलुकका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले त्यस भेगका सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस