आज:  | Tue, 03, Dec, 2024

सहकारी बोर्डको अनधिकृत संरचनामाथी ललितपुर महानगरको डोजर

२५ कार्तिक २०८१, आईतवार १२:२६ मा प्रकाशित ( ३ हफ्ता अघि) ८० पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ कात्तिक।

अनधिकृत रुपमा संन्चालन भएको सहकारी बोर्डको संरचनामाथी ललितपुर महानगरपालिाले आज डोजर लगाएर भत्काएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा महानगरले डोजर चलाएर नष्ट गरेको हो ।

आज (आइतबार) बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको थियो ।मापदण्ड विपरीत बनेको ललितपुरको हरिहर भवन स्थित विकास बोर्डको अनधिकृत संरचनामा नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा गएको नगर प्रहरीले डोजर चलाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस