
नारी बाटिका
भैरहवा २७ कात्तिक।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेलाई रुपन्देही अदालतमा उपस्थिती गराउने भएको छ । उनलाई रुपन्देही लैजाँदै गर्दा सो समयमा रास्वपाले रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ मा पक्राउपछी पोखरा जिल्ला अदालतमा उपस्थित गराई चौथो पटकपनि अनुसन्धानको लागी भन्दै म्याद थप गरिएको छ । पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई मंगलबार प्रहरीले पोखराबाट रुपन्देही अदालत तर्फ ल्याउने भएपछि रास्वपाले सोही स्थानमा प्रदर्शन गर्न लागेको हो ।
संगठित अपराध तथा सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर पोखरा लगायतका स्थानमा प्रदर्शन गर्दै आएको छ । आजको जन प्रदर्शनका लागी लुम्बिनी क्षेत्रका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न पनि सुचना गरिएको स्रोतले बताइएको छ ।








प्रतिक्रिया दिनुहोस