
काठमाडौं २८ कात्तिक।
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार विराटनगरबाट पक्राउ परेका मन्त्री अधिकारीलाई सोहि दिन काठमाडौं ल्याइएको थियो । मंगलबार काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्नको लागी अनुमति दिएको हो ।
उनलाई काठमाडौँ ल्याएकै दिन प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले पहिलो पटक उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।












प्रतिक्रिया दिनुहोस