
नारी बाटिका
काठमाडौं २९ कात्तिक।
दुर्घटना गराएर फरार भएका झाँक्री काम गर्दै हिड्ने प्रकाश भुजेल पक्राउ परेका छन् ।भुजेल लाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका अनुसार भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भुजेलको कारले ठक्कर दिएको मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कारले मोटरसाइकलाई ठक्कर दिएपछी एक्कासी उछिटिएर पसलको सटरमा ठोक्किएको थियो ।
कारको ठक्करबाट मोटसाइकल चालक नगरकोटीको मृत्यु भएको छ । साथै मोटरसाइलको पछाडि बसेकी उनकी श्रमती किसानुमाया नगरकोटी भने घाइते भएकी छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस