आज:  | Tue, 03, Dec, 2024

डिजेल र मट्टितेलको मूल्‍य बढ्यो, पेट्रोलको भने यथावत (सुचिसहित)

१ मंसिर २०८१, शनिबार ०३:४४ मा प्रकाशित ( २ हफ्ता अघि) १०४ पाठक संख्या
नारी बाटिका


काठमाडौं – १ मंसिर।

नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो ।

आज शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी नयाँ मुल्य निर्धारण गरिएको निगमले जनाएको छ । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको जनाएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ कायम भएको निगमले जनाएको छ ।

पेट्रोलको मुल्‍य भने यथावत रहेको निगमले जनाएको छ । सुचिसहित हेर्नु होस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस