
सुर्खेत १ मंसिर ।
रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुंदा ९ जना यात्रु घाइते भएका छन् ।
आज काठमाडौंबाट रुकुम पश्चिम तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका लागि जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा भन्ने स्थान नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी गराउनु भएको छ । बस सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ ।
घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस