आज: २०८२ मंसिर २६, शुक्रबार | Fri, 12, Dec, 2025

माओवादी र एकीकृत समाजवादीले गरे काठमाडौंका लागी चुनावी तालमेल(सहमती पत्र )समेत हेर्नु होस्

२०८१ मंसिर २, आईतबार मा प्रकाशित ( १ साल अघि) ५७२५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ मंसिर ।

यही मंसिर १६ मा हुने उपनिर्वाचनका लागी काठमाडौंमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् ।

शनिबार बसेको माओवादी र नेकमा एस्बिचको संयुक्त बैठकले यो निर्णय गरेका हुन् । बैठका सहभागी माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेल गर्ने सहमती भएको थियो ।

दुईपक्षबीचमा भएको चुनावी तालमेलको सहमती अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी तर्फका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने भएको हो।

यस्तै काठमाडौं महानगरपालिका(१६ मा वडाध्यक्षमा एकीकृत समाजवादीका तर्फका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउने सहमती भएको छ ।

सहमती पत्र समेत हेर्नु होस् 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस