
नारी बाटिका
काठमाडौं ३ मंसिर ।
यसै महिनाको मंसिर १६ मा हुन गैरहेको स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ ।
आईतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको निर्धारित समयमा ४४ स्थानका लागि ४१० उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।
जस अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस