आज:  | Tue, 03, Dec, 2024

गलत र भ्रमपूर्ण समचार राखेर अराजकता फैलाउने ९ युट्युब कारबाही (विवरण) सहित

५ मंसिर २०८१, बुधबार ०३:३६ मा प्रकाशित ( १ हफ्ता अघि) ९८ पाठक संख्या
नारी बाटिका


बिबियु

काठमाडौं ५ मंसिर।

प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण समचारका सामग्री राखेर अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएकोमा ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ । सामाजिक संन्जालको मुख्य तथा सबैले रुचाईएको युट्युबमा भए नभएका समचार तथा भ्रमपुर्ण सामग्री राखेर अराजकता फैलाउने ९ युट्युबहरुलाई मंगलबार कारवाहीमा परेका हुन्। युट्युबमा हुंदै नभएका कुराहरु पनि प्रशारण हुन थालेकोमा लामो समयदेखी युट्युब हेर्ने सर्व साधारणहरुले पनि चर्को आलोचना गर्दै आईरहेका थिए ।

अनुगमन भएका युट्युब मध्ये दर्ता तथा सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार समेत गरेको छ । सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

पछिल्लो समयमा काउन्सिलले कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भए नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन तथा निगरानी गरिरहेको छ ।

साथै केही सामाजिक सञ्जाल मार्फत हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट र आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएको भन्दै त्यसलाई पनि कारबाही गरिएको काउन्सिलले जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने हुंदा भ्रम फैलाउने सूचना सामग्री प्रशारण नगर्न सम्बद्ध सबैलाई आग्रह गरिएको छ ।

साथै वज्ञप्ति मार्फत प्रेस काउन्सिलले भनेको छ, अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि होइन । त्यस्तै काउन्सिलले कारबाहीमा परेका युट्युब तथा सामाजिक माध्यमहरुको प्रेस विज्ञप्तिमा विवरण समेत राखिएको छ ।

त्यसैगरी काउन्सिलले हालको समयमा सामाजिक सञ्जालमार्फत भइरहेको अराजकता रोक्न विशेष सक्रियता देखाइरहेको छ । यसअघि विभिन्न युट्युब च्यानल, फेसबुक पेजलाई तथ्यपूर्ण र सन्तुलित सामाग्री दिन विशेष अपिल मात्रै जारी गरेकोमा पछिल्लो समयमा भ्रमपुर्ण सामग्री पोष्ट तथा प्रशारण गरेर अटेर गर्नेमाथि कारबाही नै गर्न वाध्य भएको हो ।

मंगलबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाहरुले आफ्ना कार्यको अशल परिचय दिई सूचना सामाग्री दिने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताको सीमामा बस्नु पर्ने बताउनु भयो ।’ उहाँले भन्नु भयो’ कानुनभन्दा माथि कोही छैन ‘।

उहाँले अन्य निकायलाई प्रश्न उठाउने कुनै पनि सञ्चारमाध्यम, मिडियाको परिचय बोकेका संंन्चार संस्थाले सामाजिक सञ्जालमा गैर जिम्मेवार र अनुत्तरदायी हुनुहुँदैन । प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता हुँदै होइन,’अध्यक्ष बस्नेतको धारणा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस