आज:  | Tue, 03, Dec, 2024

दोस्रो चरण सडक आन्दोल तय गर्न बसेको रास्वपाको आकस्मिक बैठक निष्कर्ष विहिन

५ मंसिर २०८१, बुधबार ०४:२७ मा प्रकाशित ( १ हफ्ता अघि) १३६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ५ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापती लामिछानेलाई सरकारले झुटा आरोप लगाई पक्राउ गरिएको भन्दै दोस्रो चरणको सडक आन्दोलन तय गर्न मंगलबार बसेको पार्टीको आकस्मिक बैठक निष्कर्ष विहिन भएको छ । भर्खरै जन्मिएको पार्टी जनताले पनि साथ दिएकै समयमा राम्रो संग काम गर्न नपाउँदै पार्टी सङ्कटको समयमा एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएतापनि बैठकले ठोस निर्णय भने गर्न सकेन।

रास्वपाको केन्द्रीय कार्यालय चमतीस्थित मंगलबार साँझ आकस्मिक केन्द्रीय समितिको बैठक बसेको थियो। पार्टीका सभावती रवी लामिछाने विरुद्ध कास्की,रुपन्देही र काठमाडौं लगायत ३ जिल्ला अदालतले सहकारी ठगी प्रकणमा पक्राउ पुर्जी जारी गर्दै आफ्ना नेता लामिछानेलाई करिव १ महिनादेखी प्रहरी हिरासतमा राखेकोमा यतिबेला रास्वपा निकै पिडामा छ ।

यस लगायतका मुख्य सवालसहित विभिन्न विषयमा दोस्रो चरणको सडक आन्दोलन लगायतका कार्यक्रमहरु तय गर्ने विषयमा खास निष्कर्षमा पुग्न नसकेको र बैठक पुनः आज बुधबार दिउँसो ३ बजेका लागि निर्धारण गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका थिए।

पछिल्लो सपयमा पार्टीका नेताविरुद्धमा थपिएका चुनौती संगै पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बसेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। साथै यस “सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्ताउन सक्छ। त्यसैले विशेषत यसबेला भेटघाट बढाउनका लागि बैठक बसेका हौँ”, कार्यवाहक प्रवक्ता झाको भनाई छ ।

बैठक यही मङ्सिर ८ गतेदेखि पार्टीको दोस्रो चरणको सडक आन्दोलनका सवालमा मूल समितिले तयार गरेको ‘मोडालिटी’ प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त विषयमा पार्टीका केन्द्रीय सदस्यहरूको बोल्ने पालो सकिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस