आज:  | Tue, 03, Dec, 2024

रास्वपा सभापती रवीनिरुद्व भरतपुरको साहारा बहुउद्देश्यीय सहकारी ठगीको उजुरी पर्यो

७ मंसिर २०८१, शुक्रबार ०६:१२ मा प्रकाशित ( १ हफ्ता अघि) ६५ पाठक संख्या
नारी बाटिका


चितवन- ७ मंसिर ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीको बयान बिहिबार सकिएको छ। कास्की प्रहरीको हिरासतबाट मंगलवार काठमाडौँ लगिएका पुर्वडीआईजी जोशीको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बिहिबारसम्म बयान लिने क्रम जारी थियो।

बयानका क्रममा उनले आफूमाथि लागेका सम्पूर्ण आरोपलाई अस्वीकार गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्त्ता सीताराम अर्यालले जानकारी दिए। जोशी पक्राउ परेको ६० दिन भएको छ। त्यस्तै लामिछाने पक्राउ परेको १ महिना पुरा भैइसकेको छ । साथै अझै जोशीलाई थुनामा राखेर अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ।

जोशीको बयान सकेर पोखरा पठाएपछि पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि पोखराबाट काठमाडौँ ल्याउने तयारी भैरहेको छ। सभापती रवि लामिछाने र छवीविरुद्ध स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा समेत काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पनि १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। रविमाथि चितवनको भरतपुरमा सन्चालित साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे पनि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ।

भरतपुरस्थित साहारा सहकारीको ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गोर्खा मिडिया प्रालि र जीबी राई समूहका विभिन्न कम्पनीमा अपचलन भएको भन्दै हिजो बिहिबार २४ जना बचतकर्ताले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनले पनि दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस