आज: २०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

राहदानी विभागद्वारा प्रणालीमा समस्या आएपछि विद्युतीय राहदानी सेवा बन्द

२०८१ मंसिर ८, शनिबार मा प्रकाशित ( १ साल अघि) १८४३० पटक पढिएको
नारी बाटिका


बिबियु

काठमाडौँ ८ मंसिर ।

राहदानीको विद्युतीय प्रणालीमा समस्या आएपछी विद्युतीय राहदानी सेवा बन्द भएको छ। राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको सुक्रबार जानकारी गराएको हो।

विभागका शाखा अधिकृत किरणकुमार गुरूङका अनसार सो समस्यालाई प्राविधिक समूहबाट समाधानका लागी पहल भइरहेको जानकारी दिए। विभागले सुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक रुपमा जानकारी दिइ “यही मङ्सिर ६ गतेदेखि उक्त सेवा प्रणालीमा समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ।”

यस सम्वन्धमा विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउन प्रयासरत रहेको पनि विभागले जनाएको छ। साथै विभागले उक्त समस्याबारे ६६ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारीको लागी पत्राचार गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस