आज:  | Tue, 03, Dec, 2024

रवि लामिछानेलाई २५ दिनको म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो

९ मंसिर २०८१, आईतवार १०:५९ मा प्रकाशित ( १ हफ्ता अघि) ७१ पाठक संख्या
नारी बाटिका


काठमाडौं ९ मंसिर ।

सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा राख्ने म्याद सकियपछी आज पुनः कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्वन्धि मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गरिएको हो ।

रविलाई म्याद थपका लागि अदालत पेश गर्न लागिएको यो पाँचौँ पटक हो । रवि सँगै गोरखा मिडिया नेटवर्कका साझेदार पूर्व डि.आई.जी. छविलाल जोशी, गितेन्द्रबाबु राई जिबी राई सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि आज अदालतमा उपस्थित गराइँदैछ ।

उहाँलाई कास्की जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको छ । रविलाई म्याद थप पछि यहीँ हप्ता काठमाडौं लेराउने तयारी गरिएको कास्की प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस