
काठमाडौं ९ मंसिर ।
आईतबार सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएका छन् ।
आज सिनामंगलमा संन्चालित होटल जन्मभूमिको एउटा कोठामा सुनसरीका करिब २५–२६ वर्षीय रमेश माझी र अन्दाजी सोही उमेरकी एक युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना आएपछि केही बेरअघि घटनास्थलमा प्रहरी पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झुण्डिएको अवस्थामा उनीहरुको मृत्यु भैसकेको भन्ने जानकारी आएको छ ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस