आज:  | Tue, 03, Dec, 2024

बीआरआई मार्फत ऋण होइन,अनुदान लिने हो, कांग्रेस सभापति देउवा

१० मंसिर २०८१, सोमबार १५:१० मा प्रकाशित ( १ हफ्ता अघि) १८८ पाठक संख्या
नारी बाटिका


जनकपुर- १० मंसिर ।

पुर्व प्रधानमन्त्री एव्ं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिइने बताउनु भएको छ ।

शोमबार धनुषास्थित कांग्रेसका प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण कार्यक्रममा जनकपुरधाम पुग्नु भएका उहाँले बीआरआई मार्फत ऋण नभएर अनुदान सहयोग लिइने बताउनु भएको हो।

उहाँले बीआरआई मार्फत ऋण नभएर अनुदान सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको स्पष्ट पार्नु भएको छ । यस्तै उहाँले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नु हुदै, ’ऋण होइन, अनुदान लिनुपर्छ ।’ बीआरआई परियोजनाबारे अहिले छलफल जारी रहेको र यसबारे छिट्टै एउटा निष्कर्षमा पुगिने बताउनु भयो ।

‘बीआरआई परियोजनाबारे छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ,’ उहाँको भनाई थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्दै देउवाले सत्ता गठबन्धनमा कुनै किसिमको खटपट नभएको बताउनु भयो ।

यस्तै कांग्रेस–एमालेको वर्तमान गठबन्धन रहिरहने भएकाले संघीय सरकारमा कुनै समस्या नआउने दाबी छ । ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलकोसमेत निर्णय र सहमतिअनुसार हुन्छ,’ उहाँले भन्नु भयो ।

सभापति देउवाले आजै दिउँसो लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनीसँगै कांग्रेसका नेता विमलेन्द्र निधि पनि जनकपुर पुग्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस