आज:  | Tue, 03, Dec, 2024

ऋणको सिन चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्री वलीको प्रतिबद्धता

१० मंसिर २०८१, सोमबार १५:३७ मा प्रकाशित ( १ हफ्ता अघि) ५२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १० मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा ऋण लिनको लागी सम्झौता नगर्ने प्रतिबद्धता जनाउनु भएको। छ

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलको क्रममा प्रधानमन्त्री वलीले प्रतिबद्धता जनाउनु भएको हो।

सत्तारुड दलका मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको आज शोमबार बसेको बैठकमा ओलीले यस्तो धारणा राखेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताउनु भयो।

यस भ्रमणमा म ऋण सम्झौता गर्दिनँ भन्ने जस्तो कुरा गर्नुभयो,’ खनालको भनाई थियो । यस्तै यसपटक चीनसँग ऋण सम्झौता नगरे पनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनु हुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिएका थिए ।

तर चीनसँग बिआरआई अनुदान भने स्वीकार गर्ने सत्तारुढ मुख्य दल नेपाली कांग्रेसको धारणा छ भने एमालेले ऋणमा भए पनि लिनुपर्ने बताइरहेको थियो। सत्ताघटक कांग्रेसले असहमति जनाएपछि बिआरआई ऋणमा सम्झौता नगर्ने पक्षमा एमाले उभिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस