आज:  | Tue, 03, Dec, 2024

अनुसन्धानका लागी रवि लामिछानेलाई विमान मार्फत आज काठमाडौं ल्याइँदै

११ मंसिर २०८१, मंगलवार १०:१४ मा प्रकाशित ( १ हफ्ता अघि) ११७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ११ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रा।स्व।पा।) सभापति रवि लामिछानेलाई आज(मंगलबार)पुनः काठमाडौं ल्याइँदैछ ।

गएको कात्तिक २ गते सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई हालसम्म कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई आजविमान बाट काठमाडौं ल्याउन लागिएको हो । आइतबार मात्रै उनलाई कास्की जिल्ला अदालतले १५ दिनको म्याद थप गरेको थियो ।

संसदीय छानविबन समितीले काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा गएको र हिनामिना भएको ठहर गरेपछी उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो ।

लामिछानेको लागी सबैभन्दा पेचिलो बनेको पोखराको सूर्यदर्शन सहकारी सँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी सँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको बताइएको छ । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतले समेत पक्राउ पुर्जी जारी गरिसकेको छ ।

तर काठमाडौमा बयान सकिएपछि लामिछानेलाई पुनः कास्की मै लैजाने भएको छ । लामिछाने विरुद्ध चितवन जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । उनलाई चितवन पनि लैजाने तयारी गरिँदै छ । उनलाई कात्तिक २ मा काठमाडौंको वनस्थली स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बाटै पक्राउ गरिएको थियो ।

पक्राउपछी कात्तिक ४ मा जिल्ला अदालत कास्कीमा पेस गरिएको उनलाई बयानका लागि रुपन्देही पनि पुर्‍याइएको थियो । कास्कीमा लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी ३ वटा कसुरमा अनुसन्धान भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस