आज:  | Tue, 03, Dec, 2024

आज बिहानैदेखि तराई र पहाडका केही स्थानमा हुस्सु

१३ मंसिर २०८१, बिहीबार ०८:५९ मा प्रकाशित ( ५ दिन अघि) ७० पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ मंसिर ।

चिसो बढेसंगै देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज (बिहीबार) बिहानैदेखि तराईका केही स्थान तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । हुस्सुले जनजीवन सामान्य प्रभावित पार्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यससंगै आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने छ ।

त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस