आज:  | Tue, 03, Dec, 2024

निर्वाचन आयोगले आचारसंहिता अनुगमन गर्न टोली खटायो

१४ मंसिर २०८१, शुक्रबार ११:५६ मा प्रकाशित ( ४ दिन अघि) ६३ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ मंसिर ।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनलाई व्यवस्थित गर्नका लागी निर्वाचन आचारसंहिता अनुगमन टोली खटाएको छ । आचारसंहिता पालना भए नभएको सम्बन्धमा अनुगमन गर्न टोली गठन गरी परिचालन गरिएको आयोगले जनाएको छ।

आयोगले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकामा टोली खटाएको हो । वडा नं.१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई खटाइएको आयोगका प्रवक्ता नीता पोखरेलले बताउनु भयो ।

यस्तै प्रवक्ता पोखरेलका अनुसार अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकारसहितको टोलीलाई खटाइएको आयोगले जनाएको छ । त्यसैगरी कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा।.थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपानेलाई खटाइएको छ।

आसन्न उपनिर्वाचन हुने स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सूक्ष्म अनुगमन भइरहेको छ। निर्वाचन आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्ने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस