
नारी बाटिका
गुल्मी १७ मसिर ।
हिजो भएको उपनिर्वाचनको कमतगणना कार्य जारी छ भने गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मंसिर १६ मा सम्पन्न भएको ४१ रिक्त पदको लागी भएको निर्वाचनको धेरै जसो स्थानमा मतगणना जारी छ । गणना सम्पन्न भएका मध्यका जिल्लाहरुमा कतै नेकपा एमाले,कतै नेकपा माओवादी त कतै नेपाली काँग्रेसले जित निकालेको छ ।
यस गुल्मि जिल्ला मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो चुनावमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।
यसपटक कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठ २५४ मतान्तरसहित विजयी भएका छन्। उनले १ हजार १ सय ८४ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत ल्याए ।
यस्तै माओवादी केन्द्रका दुर्गाबहादुर विकले १ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४४ मत प्राप्त गरेका थिए।








प्रतिक्रिया दिनुहोस