
नारी बाटिका
फाईल तस्वीर
पर्सा -२४ मंसिर ।
रास्वपाका सभापती तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई वीरगन्जस्थित अदालतमा उपस्थितिको लागी आज ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँ हुँदै शोमबार वीरगन्ज ल्याइएको हो ।
कास्की प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट प्लेन मार्फत सिमरा हुँदै वीरगन्ज ल्याइएको छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बयानका लागि ल्याइएको प्रहरीले जनाएको छ ।
उनी,जीवी राई लगायतले नेतृत्व गरेका सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा गरेको लगानीमा उनको संलग्न भएको उजुरी परेपछि उनलाई कास्की प्रहरीले गत कात्तिक २ मा पक्राउ गरेको हो ।
त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ, चितवनमा बयान दिइसकेका छन् । यससंगै उनि लगायत ४ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा समेत सहकारीको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछी अब उनलाई पर्सामा पनि बयान लिइनेछ ।








प्रतिक्रिया दिनुहोस