
गाईघाट २५ मंसिर ।
उदयपुरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा पाँच जना यात्रु घाइते भएका छन् । सोमबार लिम्चुङबुङ गाउँपालिका–३ मा एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको हो ।
गाइघाटको सदरमुकामबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सोही पालिकाको वडा नम्बर ३ स्थित तीनचोकेमा ब्रेक फेल भई करिव सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
त्यस्तै सो दुर्घटनामा परी त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार पाँच जना घाईते यात्रुहरूमा सोही पालिका–४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय गाईघाटका सूचना अधिकारी डीएसपी राजन चापागाईंका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस