
काठमाडौँ २५ मंसिर ।
जिल्ला प्रहरी कार्यलय धादिङद्वारा समुदाय( प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका रुपमा मनाईने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्धर्वमा ‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता ‘ भन्ने नाराका साथ सचेतनामुलक कार्यक्रम गरिएको छ ।

लैङ्गिक हिंसा १६ दिने अभियान २०८१ मंसिर १४ गते गते देखि २५ गते सम्म सफलता पुर्वक सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय धादिङ र निलकण्ठ नगरपालीका वडा न। ८ को आयोजनामा धादिङ जिल्ला नीलकण्ठ न.पा.वडा न. ८ स्थितमा रहेको श्री रामकोट माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थी, शिक्षक,शिक्षिका, ऐ.वडाका वडा अध्यक्ष समेत गरी ६५ जनाको सहभागीतामा हिंसा विरुद्धमा अभिमुखीकरण गरिएको हो ।
सो अभिमुखीकरण कार्यक्रमको लागी जिल्ला प्रहरी कार्यालय धादिङबाट खटि गएका प्र.नि.प्रल्हाद सिलवालबाट लैङ्गिक हिंसा, बालबालिका माथि हुने अपराध, लागु औषध, साइवर अपराध र कानूनी प्रावधान सम्बन्धि विषयमा प्रशिक्षण गर्नु भएको थियो ।












प्रतिक्रिया दिनुहोस