आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

रविसंग पर्सामा लिएको बयान सकियो, बुधबार पोखरा फिर्ता पठाइने

२०८१ मंसिर २६, बुधबार मा प्रकाशित ( १ साल अघि) १५६८७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २६ मंसिर ।

यसअघि ४ जिल्लामा बयान सकि पर्सा जिल्ला सरकारी वकिलको कार्यलयमा लगिएका रास्वपा सभापती रवी लामिछानेको पर्साको बयान सकिएको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगन्ज पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको हो ।

हिजो(मंगलबार) साँझ ४ बजे बयान लिने कार्य सकिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलले जानकारी दिए । प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलका अनुसार सम्भवतः रविलाई आज बुधबार पोखरा फिर्ता पठाउने तयारी छ।

लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो। सोमबार उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं, त्यसपछि सिमरा र अन्त्यमा स्थलमार्गबाट वीरगन्ज पुर्‍याइएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस