
नारी बाटिका
काठमाडौँ १ पुस ।
नेपाली कांग्रेसका नेता पीएल सिंहको निधन भएपछी पार्टीद्वारा शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार पार्टी कार्यालयमा कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक वसी उनको निधनमा शोक प्रस्ताप पनि पारित गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य र जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । यस्तै पार्टीले सिंहको
निधनमा पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै भोली पुस २ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने
भएको छ । स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको मुख्य सचिव पौडेलले जानकारी दिनु भयो ।
यसैगरी बैठकले सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै मृतकप्रति श्रद्धाञ्जलीका साथै परिवारमा गहिरो शोक प्रकट गरेको छ । सिंहको ८८ वर्षको उमेरमा आइतबार राति १ बजे चाक्सीबारीस्थित आफ्नै निवासमा निधन भएको थियो ।








प्रतिक्रिया दिनुहोस