आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्न

२०८३ बैशाख ९, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


लुम्बिनी र सुदूरपश्चिममा ४४ डिग्रीसम्म तापक्रम

बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -९ वैशाख।

विगत केही दिनदेखी देशका विभिन्न भागमा बढ्दो तापक्रम तातो हावाको लहर (लु)को जोखिम अझै केही दिन रहने भएको छ । बिहीबारसम्म तराईका केही जिल्लामा लु कायमै रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै जस्तो भुभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि मापन भएको हो । जसमध्य धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना रहेको विभागले जनाएको छ । तातो हावाको लहर चलिरहेको कारण दिउँसोको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातल कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ ।

यसको बढी प्रभावित लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरूमा—कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ भन्ने चेतावनी जारी गरिएको छ । उता, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायतका जिल्लामा अद्यावधिक रहनु’ भन्ने चेतावनी दिइएको छ ।

हालको तातो हावा र उच्च तापक्रमले मानिसमा बढी थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ ।

त्यसमा पनि बालबालिका, वृद्ध,सुत्केरी,अशक्त तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस