
नारी बाटिका
काठमाडौँ २ पुस ।
मुलुकलाई नै हल्लाएको नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालत आदेश दिएको छ ।
शोमबार उच्च अदालत पाटनका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको सयुत्त इजलासले दुवै जनालाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको हो ।
देशका ठुला र पहुँचवाला नेतासंग जोडिएको यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सो निवेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरिदिएको छ ।
बेचन झामाथि भने अरु आरोपितहरूलाई जस्तै ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध साथै संगठित अपराधको आरोप लागेको थियो । उनीहरु दुवै जनालाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।








प्रतिक्रिया दिनुहोस