आज:  | Sun, 12, Jan, 2025

प्रहरीमा जागिर छाड्नेको संख्या उच्च चालु आवमा साँडे १९ हजार पुग्यो

४ पुष २०८१, बिहीबार १३:३४ मा प्रकाशित ( ३ हफ्ता अघि) २८५३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ पुस ।

नेपाल प्रहरीमा जागिर छाड्नेको संख्या उच्च देखिएको छ । यस चालू आर्थिक वर्षको चार महिनामा मात्रै १९ हजार ५ सय ९ जना प्रहरी कर्मचारीले जागिरबाट बाहिरिएका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताए।

त्यस्तै गत साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न घटनामा संलग्न भएको उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले जानकारी दिनु भयो।

चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश गरी पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएका छन । हाल ४२१ वटा प्रहरी युनिटले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको बताउनु भयो।

चार महिनाको अवधीमा अपराधको तथ्यांक डरलाग्दो

यस अवधिमा देशभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन्। तीमध्ये बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटना सबैभन्दा उच्च रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस चालु आवमा बैंकिङ कसुरमा मात्रै ४ हजार ३५९ उजुरी,चेक बाउन्सको मुद्दा मात्रै हेर्न मिल्ने प्रहरीका लागि आर्थिक अपराध सबैभन्दा चुनौती बनिरहेको तथ्यांकले देखाएको छ।

त्यसैगरी तथ्यांक अनुसार चार महिनामा हत्याका १०९ घटना भएका छन् भने हत्या प्रयासका ३८२ उजुरी परेका छन्। चार महिनामा अपहरणका ६५ उजुरी दर्ता भएका छन्।

जस मध्यमा पनि पछिल्लो समय समाजमा जबरजस्ती करणीको समस्या जोखिमपुर्ण बन्दै गएको छ। चार महिनामा प्रहरीमा ८२३ घटना दर्ता भएको छ भने आमहत्याको तथ्यांक पनि डरलाग्दो छ। यस चार माहिनाको अवधिमा २ हजार २३६ जनाले आत्महत्या गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस