
नारी बाटिका
काठमाडौं ४ पुस ।
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेको सुतिरहेको फोटो यतिवेला निकै चर्चाको विषय बनेको छ । बुधबार साँझ सार्वजनिक भएको उक्त फोटोको बारेमा निकै टिका टिप्पणी भइरहँदा उक्त फोटो मैले खिचेको हो भनेर डा.निकोलस भुसालले माफी मागेका छन् । रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका हुन् ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताउँदै गल्ति भयो भनेर दुई हात जोडेर माफी पनि मागेका छन् ।
भुसालले भनेका छन् “यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,” उनले फेसबुकमा भनेका छन् ।
यता प्रहरीले भने उक्त तस्बिर खिच्ने व्यक्ति खोजिरहेको बताएको छ।








प्रतिक्रिया दिनुहोस