
नारी बाटिका
फाईल तस्वीर
काठमाडौं ७ पुस ।
सरकारी संस्थाको रकम हिनामिनाको प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । ५ जिल्लामा संन्चालित विभिन्न नामका सहकारी संस्थाको बचतकर्ताको रमक अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनु भएको थियो ।
तर रास्वपा सभापती लामिछाने र जोशीमाथि भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान नसकिएकाले उनीहरूविरुद्ध शुक्रबार मुद्दा दर्ता हुन नसकेको बताइएको छ ।
सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशीलगायतलाई थप अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यलय कास्कीमा सुक्रबार प्रतिवेदन बुझाइसकेको हो । नेपाल प्रहरीका पुर्व डिआजी जोशीलाई असोज ६ गते पक्राउ गरेपछी सोही आधारमा रवीलाई कात्तिक २ मा प्रहरीले पक्राउ गरी तोकिएको हदम्यादको ८९ दिन भइसकेको छ ।
हिजो अन्तिम दिन सार्वजनिक बिदा परेकोले त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आज मात्रै उनीहरूविरुद्धको मुद्दा दर्ता गर्न लागिएको जिल्ला सरकारी वकिलको कार्यलय कास्कीले जनाएको छ । पोखरास्थित सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरुद्ध जाहेरी दिएका थिए ।
सूर्यदर्शन सहकारीका पीडितले दिएका जाहेरीका आधारमा लामिछाने लगायतलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गर्न लागिएको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस