आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भक्तपुरमा एका घरका बाबु-छोरा मृत फेला, अर्का छोरा बेपत्ता छन्

२०८१ पौष ८, सोमबार मा प्रकाशित ( १ साल अघि) १०६६५ पटक पढिएको
नारी बाटिका


भक्तपुर ८ पुस ।

भक्तपुरमा आज बाबु -छोरा मृत भेटिएका छन् भने अर्का छोरा वेपत्ता भएका छन्। सूर्यबिनायक नगरपालिका–२ बालकोट फिकाधामा एका घरमा दुई जना बाबु छोरा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृतकहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई हाल सूर्यविनायक नगरपालिका(२ बालकोटमा बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत भेटिएका हुन्।

मृतकको घरमा बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै आज(सोमबार) बिहान उनीहरुको शव फेला परेको हो। मृतक दुवैको शरीरमा चोट देखिएको छ। अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।

उनीहरुसँगै बस्ने कुलप्रसादका जेठा छोरा भने सम्पर्क बिहीन भएका छन्। अहिले प्रहरीले उनको खोजी भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस