
नारी बाटिका
काठमाडौँ ९ पुस ।
सभापति रविमाथि अदालतबाट पुर्पक्षको लागी आदेश हुने नहुने निक्र्यौल नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ। सोमवार बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।
सभापति रवि लामिछानेले पठाएको पत्रका आधारमा पार्टीको सचिवालयमा प्रस्ताव गरिएको र सचिवालय बैठकले अनुमोदन गर्नको लागी रास्वपा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
शोमबार आकास्मिक रुपमा भएको पार्टीको भर्चुअल सचिवालय बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेसमेत निर्णय भएको छ। त्यस्तै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण,संगठित अपराधलगायतका कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
गत कात्तिक २ गतेदेखी कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवी लामिछानेमाथि अदालतमा थुनछेक बहस हुँदै छ।








प्रतिक्रिया दिनुहोस