
पोखरा १० पुस ।
सहकारीको रकम ठगी प्रकरणमा एमालेकी पुर्व सांसद मिना गुरुङ पक्राउ परेकी छिन् ।
कास्की जिल्लाको पोखरमा संन्चालित सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको भन्ने आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका अनुसार उक्त मुद्धामा मुछिएपछी पुर्व सांसद गुरुङसहित आरती गुरुङलाई पनि मंगलवार साँझ पक्राउ गरिएको छ ।
पोखरा महानगरपालिका–१२ रानीपौवा घर भई बस्ने मिना गुरुङ नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।
साथै सहकारी ठगी प्रकरणमा दोषी भए नभएको भन्ने बारेमा अनुसन्धानका लागी अब उनी माथी सोधपुछ तथा छानबिन प्रक्रिया अघि बढनेछ ।












प्रतिक्रिया दिनुहोस