आज:  | Sun, 12, Jan, 2025

सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद मिना गुरुङ पक्राउ

१० पुष २०८१, बुधबार ०३:०६ मा प्रकाशित ( २ हफ्ता अघि) २३५७ पटक पढिएको
नारी बाटिका


पोखरा १० पुस ।

सहकारीको रकम ठगी प्रकरणमा एमालेकी पुर्व सांसद मिना गुरुङ पक्राउ परेकी छिन् ।

कास्की जिल्लाको पोखरमा संन्चालित सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको भन्ने आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका अनुसार उक्त मुद्धामा मुछिएपछी पुर्व सांसद गुरुङसहित आरती गुरुङलाई पनि मंगलवार साँझ पक्राउ गरिएको छ ।

पोखरा महानगरपालिका–१२ रानीपौवा घर भई बस्ने मिना गुरुङ नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।

साथै सहकारी ठगी प्रकरणमा दोषी भए नभएको भन्ने बारेमा अनुसन्धानका लागी अब उनी माथी सोधपुछ तथा छानबिन प्रक्रिया अघि बढनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस