
नारी बाटिका
काठमाडौं ११ पुस ।
नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं स्पष्टवत्ता नेता भीम रावलले आफूलाई पार्टीले साधारण सदस्य समेतबाट पदमुक्त गरेको निर्णयबाट विचलित नभएको टिप्पणी गर्नु भएको छ ।
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले आफूलाई पदमुक्त गरेसँगै संन्चार माध्यमसँग यस्तो प्रतिक्रिया दिएका हुन् । एमालेको गरेको उक्त निर्णयलाई ओली प्रवृत्तिको निरन्तरता हो भन्नु भएको छ। रावलले यसबाट आफू विचलित नहुने बताउँदै ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको प्रतिक्रिया दिनु भएको हो।
‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्’ उनले भने, ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्न ।’
लामो समयदेखि पार्टीको नीति तथा कार्यशैलीमा असहमति राख्दै आएका रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने एमालेको निर्णयप्रति विरोध जनाउँदै आएका थिए ।








प्रतिक्रिया दिनुहोस