
नारी बाटिका
काठमाडौं १५ पुस ।
काठमाडौंको कागेश्वरीमा मनोहरा गाउँपालिकामा बुबाआमा माथी गोली प्रहार भएको छ ।
मनोहरा नगरपालिका( ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै शनिबार राति साढे १० बजेको समयमा स्थानीय अर्जुन श्रेष्ठ र शान्तिदेवीलाई उनीहरुकी नाबालिक छोरीमाथि कुदृष्टि राख्ने साहिल शंकर भनी चिनिने युवकले गोली प्रहार गरेका हुन् ।
सो घटनामा संलग्न भएका प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका( ७ घर भइ हाल काठमाडौं बस्ने शंकरलाई नियन्त्रणमा लिएको छ । तर प्रहरीले औपचारिक रुपमा घटना हुनुको निश्चित कारण भने खुलाएको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ‘व्यक्तिगत रिसइबी’ले मात्रै घटना भएको हुन सक्ने प्रतिक्रिया दिएको छ । गोली चलाउने युवकलाई नियन्त्रणमा लिने क्रममा शंकर र प्रहरीबीच भागदौडसमेत चलेको थियो । त्यस क्रममा गोली चलाउने युवक घाइते भएका छन् ।
गोली लागी घाईते भएका पीडित दम्पतीसहित युवकको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये अर्जुनको कम्मरमुनि चोटलागेको छ भने शान्तिदेवीको गाला र घाँटीमा चोट रहेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने शंकरको भागदौडका क्रममा टाउको र खुट्टामा चोट लागेको थियो । प्रहरीका अनुसार तीनै जना खतरामुक्त रहेका छन् ।








प्रतिक्रिया दिनुहोस