आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

‘मालवाहक ट्रकमा १६१ किलो गाँजासहित दुईजना पक्राउ

२०८१ पौष १६, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ६४१८ पटक पढिएको
नारी बाटिका


पर्सा १६ पुस ।

परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ट्रकमा वीरगञ्जबाट १६१ किलो गाँजासहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका(३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

उनीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा आइतबार राति गाँजासहित फेला पारेको हो।

महानगरपालिका(१८ भवानीपुर सीताराम चोकस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस