
सर्लाही १७ पुस ।
सर्लाहीमा यात्रुवाहक बसले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।
मंगलबार राति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा यात्रुवाहक बसले किचेर ड्युटीमा रहेका इन्सपेक्टर विजयकुमार तुलाधरको मृत्यु भएको हो ।
सडकमा गुडीरहेको यात्रुवाहक बस आफै अनियन्त्रित भएर पल्टिएर किचेपछी प्रहरी इन्सपेक्टर तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
तुलाधरलाई बसले किचेर गम्भीर घाइते भएपछी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालमा उपचार कै क्रममा उनलाई चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस