आज: २०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

सर्वोच्च बारमा आज निर्वाचन,कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा

२०८१ पौष २०, शनिबार मा प्रकाशित ( १ साल अघि) १२०९१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० पुस ।

आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसको निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा ल्याएको छ । साथै, अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित अधिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन् ।

यसैगरी उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा आएका छन् ।

सहसचिवमा पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवारी दर्ता भएको छ । साथै बाँकी ९ जना सदस्य पदका लागि १९ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

जम्मा ६२६ मतदाता रहेको सर्वोच्च अन्तर्रगतको बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानुन ब्यावसायी बिचमा अलग अलग प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस