आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

आजबाट एमालेको केन्द्रीय कमिटी बैठक हुँदै

२०८१ पौष २१, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ५४५७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २१ पुस ।

आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक हुँदै छ। आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ।

यसअघि अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकोमा तर यो पटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन्। प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिएर आ आफ्ना धारणा राख्न दिने तयारी गरिँदैछ।

बैठकको सुरु मै अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिको मन्तव्य दिनु हुनेछ । अध्यक्ष वलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना,पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी,सरकारले गरेका काम, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायतका विषय समेटिएका छन्।

दुई दिनभित्र बैठक सक्ने तयारी छ। यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । आजबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायतका व्यक्तिहरु सहभागी हुनेछन्।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा काँग्रेसबिचको गठवन्धन सरकार बनेपछि यो पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको यस बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा पार्टीको धारणा तय गर्ने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस