
नारी बाटिका

तस्वीर स्रोत : सीजीटीएन
काठमाडौं २३ पुस ।
चीनमा केन्द्रविन्दु भएर आज गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।
मङ्गलबार नेपाली समयअनुसार बिहान ६ः५० बजे चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । करिव १ घण्टाअघिको अपडेट अनुसार सो भूकम्पबाट १३० जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।

सोही भूकम्पबाट उक्त स्थानका केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सो घटनापछी चीनका राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले सुरक्षाकर्मी तथा उद्धार टोलीलाई निर्देशन दिँदै घाइतेहरुको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका हुन् ।








प्रतिक्रिया दिनुहोस